‘गण्डकी प्रदेशमा बहुमतको सरकार बनाउछौँ’: उम्मेदवार अधिकारी

पाेखरा | कात्तिक ६, २०७९

‘गण्डकी प्रदेशमा बहुमतको सरकार बनाउछौँ’:  उम्मेदवार अधिकारी

 


पोखरा । कास्की क्षेत्र नम्वर १ प्रदेश सभा १ का नेकपा एमालेका प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।


पोखरा ३० मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रत्यक्षमा २२ सिट र समानुपातिकमा १० सिट जितेर सरकार बनाउने दाबी गरेका हुन् । 


उनले जनताको पक्षमा निरन्तर बोल्दै र काम गर्दै आएकै कारण एमालेलाई जनताले जिताउने विश्वास व्यक्त गरे । पछिल्लो समय जनताका दैनिक गुजारा गर्न आवश्यक खाद्य सामाग्रीमा बढेको मुल्यवृद्वीलाई बेवास्ता गर्दै राजनीति भागबण्डा र फण्डामा केन्द्रित बन्नुले जनताका समस्याप्रति गठबन्धन कति संवेदनशिल छ भन्ने प्रष्ट भईसकेको उनको भनाई थियो । 


प्रतिनिधिसभाबाट प्रदेश सभामा पाटीको निर्णय र फैसला अनुसार आफू प्रदेशसभामा उम्मेदवार बनेको भन्दै उनले आफु प्रदेशमा नयाँ अनुहार भएको बताए । ‘प्रतिनिधिसभामा होइन प्रदेशसभामा म उम्मेदवार बनेको छु, र म प्रदेशका लागि नयाँ अनुहार हुँ’,उनले भने । 


जनतासँग अझै नजिक रहेर काम गर्ने अवसर मिलेको भन्दै अपुरा विकासका काममा जनताकै सल्लाह र समन्वयमा अगाडी बढ्ने उनले बताए  ।
 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...

थप पढ्नुहोस्

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्